मिति २०७७।०५।२२ गतेको दिन १७ औं निजामती सेवा दिवस को अवसरमा आँबुखैरेनी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय द्वारा गाउँपालिका परिसर सरसफाइ,बृक्षरोपण, तथा पहिलो सेवा ग्राहीलाई स-सम्मान सहित फुलको गुच्छा दिई समन्न गरियो । उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष श्री गिर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल , शाखा प्रमुख तथा गा.पा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समाचार
फोटो ग्यालरी
|
|
|
|
||||||||||||||
|
|
|
अगुवा कृषक पशुपालन व्यवसायी तालिमको समापन आबुखैरेनी गाउपालिका वडा नं ४ को सहयोगमा परिवर्तनशिल महिला सामुदायिक विकास समाजको संयोजनमा मिती २०७५/०१/२३ देखी २६ सम्म संचालित अगुवा कृषक पशुपालन व्यवसायी तालिमको समापन कान्छीमाया तामाडको सभाध्यक्षता र गाउपालिकाको अध्यक्ष गिर बहादुर थापाज्युको प्रमुख अतिथी साथै विशिष्ट अतिथीमा गाउपालिकाको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठज्यु र प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापाज्यु ,सूचना प्रबिधि अधिकृत निरोज श्रेष्ठ ज्यु ,शु चिकित्सक कपिलवावु कटेल ५/६ न. वडा अध्यक्षको अतिथीमा कार्यक्रमको समापन गरियो
|
||||||||||||||
आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गाउँपालिकाको स्थापनाः २०७३ साल फाल्गुन २७ गते क्षेत्रफलः १२८ वर्ग कि.मी प्रदेशः गण्डकी जिल्लाः तनहुँ जिल्ला सदरमुकामः दमौली निर्वाचन क्षेत्रः संघ -तनहुँ १, प्रदेश-१,क जम्मा वडा संख्याः ६ कुल जनसंख्या २०,७६८ ( CBS 2068)
परापूर्वकालदेखि तनहुँ जिल्लामा अवस्थित यस भूमिमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेको देखिन्छ । पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । त्यसैगरी संस्कृत भाषामा आ.व.को अर्थ पानी÷खोला रहेकोर छिम्केश्वरी मन्दिरलाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन गएको खैरेनी चौतारा आसपास खयरको जङ्गल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाइ छ ।यस गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । भौगोलिकरुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतिपाती योग्य भूमी र प्रशस्तक्षेत्र वनजङ्गलले ढाकेको छ । यस गाउँपालिकामा मुख्यः मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति, रहनसहन, धार्मिक, सांस्कृतिक विविधता रहेको एवम् कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्नसंस्कृतिले भरिपूर्ण रहेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।साविकको सत्रसय आबु गाउँ पञ्चायत, आँबुखैरेनी गा.वि.स. हुँदै नेपाल सरकारको मिति २०७२ साल आश्विन १ गतेको निर्णयबमोजिम आँबुखैरेनी नगरपालिका घोषणा भएकोमा राज्य पुर्नसंरचनाअन्तर्गत आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा.वि.स. समायोजन भई नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ । गाउँपालिकाको केन्द्र आँबुखैरेनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी गाउँपालिकालाई उत्तर तर्फबाट छिचोलेको, र गोरखा राजमार्गले पूर्वपट्टीबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यस गाउँपालिका विकास र सम्वृद्धिको लागि प्रचुर सम्भावना रहेको एवम् गाउँपालिका विकास र गाउँवासीको स्वर्णिम भविष्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ । नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित रहेको यस गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पश्चिममा वन्दिपुर र देवघाट गाउँपालिका उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको बीचमा पर्दछ । गाउँपालिकाको स्थापना २०७३ साल फाल्गुन २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भएको हो । |
|
|
|
||||||||||||||
|
|
|
महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८ दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य आदि इत्यादी लागि आज आँबु खैरेनी गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives" भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक कार्यक्रम ,स्तरीय महिला सञ्जाल सञ्जालकि अध्यक्ष तुलसी माया पन्त द्वाराआँबुखैरेनी गाउँपालिमा ब्रम्हकुमारी राजयोग केन्द्र सञ्चालिका ब्र. कु. इन्दिरा, प्रमुख अतिथि अध्यक्ष गिरबहादुर थापा, कार्यकारी प्रमख दुर्गा थापा, गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो | |
||||||||||||||
|
|
|
|
||||||||||||||
|
|
|
|
||||||||||||||
|
१०८ अन्तरास्ट्रिय नारी दिवस महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८ दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य आदि इत्यादी लागि आज आँबु खैरेनी गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives" भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक कार्यक्रको साथ गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो | |
|
|
||||||||||||||
|
मित्रता युवा क्लबको चौथो साधारण सभा आज सम्पन्न । आँबुखैरेनी, १२ फागुन । मित्रता युवा क्लब आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयफाँट तनहुँको चौथो साधारण सभा आज सम्पन्न भएको छ । क्लबका अध्यक्ष कुमार पोखरेलको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आथित्यतामा क्लबको चौंथो साधारण सभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको विशेष आथित्यता रहेको क्लबको साधारण सभामा सई राम बहादुर खत्री, भू.पु. वडा अध्यक्ष बिर बहादुर बि.क., वर्तमान वडा अध्यक्ष किसान थापा, वडा १ का वडा सदस्यहरु सरस्वती अधिकारी, अनु परियार, बिष्णु अधिकारी, प्रेम गुरुङ्ग, क्लबका सल्लाहकार खुल बहादुर गुरुङ्ग, प्रेम तामाङ्ग, मन बहादुर गुरुङ्ग, सत्रसय बजार ईकाई समितीका सभापति जमिल मिया लगाएतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्मानित राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य एवंम राष्ट्रिय लोक दोहरी गायक संन्तोष आलेमगर, लोकदोहरी प्रतिष्ठान गण्डकी अञ्चल सदस्य एवंम राष्ट्रिय कलाकार कहरसिंह थापा, राष्ट्रिय लोक दोहरी गायक कमल सापकोटाको बेजोड सांङ्गेतिक प्रस्तुती रहेको र स्थानीय युवा युवतीहरुले चुड्का नृत्य प्रस्तुत गरेको क्लबले जानकारी दिएको छ । सो कार्यक्रममा क्लबले योजना बनाएको तर अहिले नगरेको सामाजिक कामलाई पूर्णता दिने क्लबका लेखा समिती सदस्य अमृत पण्डितले बताउनुभएको छ । यसैगरी, सत्रसयफाँट क्षेत्रमा धार्मिक स्थल तथा पर्यंटकीय स्थल रहेकोले गुरु योजना बनाएर विकास गर्ने क्लबको लक्ष्य रहेको छ । त्यस्तै, भू.पू. वडा अध्यक्षले क्लकाका लागि भोग चलन गरी पाऊ भनी १७ रोपनी जग्गा दान गरेको क्लब अध्यक्ष कुमार पोखरेलले जानकारी दिनुभएको छ । ईश्वर थापा र अमृत पण्डितले संचालन गर्नुभएको कार्यक्रममा क्लबलाई सहयोग गर्ने १३ जनालाई सम्मान गरिएको छ । |